मंसिर ०१, २०८१, शनिबार
               

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर देशमा लगाइएको लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह आज शुक्बार आफ्नो निवास काठमाडौं आउने भएका हुन् ।

गृह मन्त्रालयको सहमति लिएर झापाको जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आउने भएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिएर पूर्वराजा शाहलाई सवारी पास दिएको  जानकारी दिए ।

पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर, गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्द गरेको थियो । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि झापामै रोकिएका थिए । पास नदिइएका काठमाडौं आउन नपाएको समाचार सार्वजनिक भएपछि सरकारको व्यवहारप्रति कतिपयले आपत्ति जनाएका थिए ।

यो पनि