बैशाख १९, २०८१, बुधबार
               

स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ : सांसद

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

 आगामी बजेट कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने राष्ट्रियसभाका सदस्यहरूको माग रहेको छ। 

राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष ०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा भाग लिँदै (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपत् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्ने, किसानलाई राहतको व्यवस्था गर्दै उत्पादन गर्नुपर्ने , उत्पादन र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्ने, तथा सार्वजनिक स्वास्थ्य र शिक्षामा ध्यान दिँदै त्यसबारे विशेष योजना बजेटमा आउनुपर्छ ।”

उनले भारतले नेपालको लिपुलेकसम्म बाटो बनाएर नेपालको सीमा अतिक्रमण भएकोप्रति विरोध जनाउँदै आफ्नो देशको राष्ट्रियता जोगाउन सबै नेपाली लाग्नुपर्नेमा जोड दिए । 

कांग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्दै बजेट छुट्याउनुपर्ने बताए। 

त्यस्तै, सांसद शेखरकुमार सिंहले सीमा क्षेत्रको रक्षा गर्दै कृषिमा आधारित बजेट आउनुपर्ने बताए । 

सांसद बेदुराम भुसालले भौगोलिक अखण्डतामाथि अतिक्रमण भएकोप्रति आपत्ति जनाउँदै त्यसलाई बचाउनका लागि सरकार र सबै नेपालीसमक्ष आग्रह गरे । उनले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्नेलगायत विषयमा बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
 


कस्तो लाग्यो ?

यो पनि