जेठ ०६, २०८१, आइतबार
               

संसदमा सांसदको गुनासो –  लकडाउनले माननीयलाई चिनेन, सीडीओलाई टाकुरे राजा बनायो

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले लकडाउनले माननीय नचिनेको भन्दै संसदमा आक्रोस पोखेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सभामुखको फोन नउठेको र लकडाउनले सीडीओलाई टाकुरे राजा बनाएको आरोप लगाएका छन् ।

उनले संसद्मा बोलेको कुरा जस्ताको तस्तै

सम्मानननीय सभामुख महोदय, लकडाउनको परिभाषा बुझिनँ । लकडाउनले ७७ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनायो । सबै राजा भएर बसेका छन् । गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बसेका छन् । जनताको पिरमर्का सुनेको छैन । यति पिरमर्का परेको छ, जनतालाई पिरमर्का दिन लकडाउन बनाइएको हो ? माननीय जिल्लाका जना सीडीओको चाकडी गर्नुपरिरहेको छ । गृहमन्त्रालय धाउनपर्छ । सभामुखकहाँ फोन गर्दा उठ्दैन ।

एउटा माननीय जिल्लामा जान पाउँदैन । एउटा सामान्य फुली भएको मान्छेले सांसदको लोगो चिन्दैन । माथि गृहमन्त्रीको आदेश चाहिन्छ । लकडाउन भनको यो हो, सभामुख महोदय, सीडीओको, गृहमन्त्रीको आदेश चाहिन्छ भन्छ सभामुख महोदय, लकडाउन भन्या यो हो ? जनतालाई दुःख दिने भन्या हो ? लकडाउनले माननीयलाई चिन्दैन ? राजा–महाराजा, टाकुरे राजाको सेवा, चाकरी गर्नुपर्छ ? यिनीहरूको चाप्लुसी गर्नुपर्छ ? यही हो लकडाउन भन्या !


कस्तो लाग्यो ?

यो पनि