जेठ ०६, २०८१, आइतबार
               

भारतलाई नेपालको जवाफ: कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौं

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले नेपाली भूमि अतिक्रमण गरेर सीमा क्षेत्र (लिपुलेक) मा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाउँदै त्यसलाई यथास्थितिमा राख्न माग गरेको छ ।

भारतले भने, आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै आएको छ ।

यसका साथै भारतले कोरोना भाइरसको महामारीपछि सीमा समस्याबारे नेपालसँग वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।

तर नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । 

अन्तराष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेर । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ ।’

समिति बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि