जेठ ०६, २०८१, आइतबार
               

वालकवितामार्फत् प्रधानमन्त्रीलाई गगन थापाको व्यङ्ग
अहो ! हामी त साह्रै भाग्यमानी

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काँग्रेस नेता गगन थापा चर्चित युवा नेता हुन् । तर्कशील भाषण गर्ने कला उनको परिचयसँगै जोडिएर आउँछ । प्रतिनिधिसभा बैठकमा संसद् बैठकमा प्रायः सांसदहरूले औपचारिक भाषामा आफ्ना–विचार राख्ने गर्छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापा भने अरू सांसद भन्दा फरक तरिकाबाट संसद्मा सरकारलाई प्रहार गर्ने गर्दछन् । कहिले कथा, व्याङग्य, कविता र उत्कृष्ट भाषण शैली उनको पहिचानै हो । 

लोकतन्त्रको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण अङ्ग प्रतिनिधिसभालाई मानिन्छ । त्यहाँ जनताका प्रतिनिधिले उठाइएका आवाजहरू सम्बन्धित निकायको लागी ध्यानाकर्षणको विषय बन्छन् ।

प्रतिनिधिसभाको सोमबारको शून्य समयमा सांसद गगन थापाले पुन नयाँ शैलीमा व्यग्ङ्यात्मकरुपमा विचार राखेका छन् । थापाले ‘वाल कविता’ मार्फत भनाइ राख्दै, सरकार, प्रधानमन्त्री तथा मन्त्रीलाई काउन्टर दिएका छन् ।

एक मिनेट समय दिइने सो समयमा सांसद थापाले लिपुलेक मिचिदा पनि सरकारले चाल्न नसकेको उचित कूटनीतिक कदमदेखि विदेशमा अलपत्र नेपालीसम्मका पीडालाई उठान गर्न भ्याए ।

प्रधानमन्त्रीमा समर्पित गगन थापाको बाल कविता

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको ।
यस्तो सबल सरकार छ, सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी ।।

सयौँ कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत ।
विदेशमा,,, कोही पनि अलपत्र छैनन्,
दुख पीडा सुनाउने ती नेपाली नै हैनन् ।।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने ।
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति ।।

सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सवैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा  
पत्रकार नि दङ्ग छन्, यी समाचार लेख्दा ।। 

कोमल हृदयका प्रधानमन्त्री, आँसु कवि हाम्रा 
दिन नबिराई सृजना छ, आहा कति राम्रा ।
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्ट्याउँदै कालापानी जाउँला ।।

सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही कविताले आउँछ ।
यस्तो नायक गजबका ल्यायौँ जानीजानी  
अहो ! हामी नेपाली त साह्रै भाग्यमानी ।।
अहो ! साह्रै भाग्यमानी ।।


कस्तो लाग्यो ?

यो पनि