जेठ ०६, २०८१, आइतबार
               

भारतले भन्यो– ‘ लिपुलेक हाम्रो हो, आफ्नै भूमिमा सडक बनायौँ

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएर उद्घाटन गरेको भारतले  सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले शनिवार साँझ विज्ञप्ति जारी गर्दै लिपुलेक आफ्नै भूमि भएको जिकिर गरेको हो । नेपाल सरकारको तर्फबाट आधिकारिक रूपमा विज्ञप्ति प्रकाशन भई नेपाली भूमि भन्ने दाबी गरिएपछि भारतले यस विषयमा बोलेको हो ।

उसले उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने जनाएको छ । साथै तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साबिककै मार्गअन्तर्गत रहेको उसको विज्ञप्तिमा उल्लेख  छ । ‘अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्र हो,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै मन्त्रालयले नेपाल र भारतबीचका सबै सीमासम्बन्धी विषय सम्बोधन गर्न लागि विदेश सचिवस्तरीय संयन्त्र रहेको उल्लेख गर्दै नेपालसँगको सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ । साथै भारत सीमासम्बन्धी विषयहरूलाई नेपालसँगको निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाअनुरुप समाधान गर्न प्रतिबद्ध रहेको समेत वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी परराष्ट्र सचिवस्तरीय वार्ताका लागि लामो समयदेखि आनाकानी गर्दै आएको भारतले उक्त बैठक राख्न तयार रहेको समेत जनाएको छ । शनिबार जारी विज्ञप्तिमा कोभिड–१९ को सङ्कट टरेपछि दुवै पक्षबीचको सहमतिमा मिति तय गरेर सीमा विवाद सम्बन्धमा छलफलका लागि परराष्ट्र सचिवस्तरीय बैठक बस्‍ने जनाइएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि