जेठ ०३, २०८१, बिहीबार
               

लिपुलेकबारे सरकारको उदासिनता खेदजनक : अध्यक्ष थापा

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा र लिपुलेकबारे नेपाल सरकारको मौनताप्रति खेद व्यक्त गरेका छन् ।

सामाजिक संजालमार्फत आज शुक्रबार आफ्ना धारणा सार्वजनिक गर्दै थापाले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकोले त्यहाँबाट भारतीय सेनाले बाटो बनाएकोबारे भत्सर्ना गरेका हुन् ।

यसबारे नेपाल सरकार उदासिन रहेकोमा खेद व्यक्त गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले अबिलम्व आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि