जेठ ०४, २०८१, शुक्रबार
               

आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएको छ । शुक्रबार अपरान्ह चार बजेबाट सुरु हुने उक्त अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको स्रोतले जनाएको छ ।

संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताइएको छ । कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन र परीक्षण गर्नुपरेको उनीहरुले बताएका छन् ।

बिहीबार मात्रै २ सय १२ सांसदसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको सचिवालयले जनाएको छ । बिहीबारको रिपोर्ट आज बैठक सुरु हुुनुअघि नै आउँने र बाँकीको आजै स्वाब संकलन गरि परीक्षण गरिने भएको छ । 

बिहीबार १ सय ७९ जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सांसदको पीसीआर टेस्टका लागि थ्रोट स्वाब संकलन गरिएको र बाँकीको शुक्रबार गरिने संसद्का सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

संसद् सचिवालयले बैठकमा छिर्नुअघि सवै  सांसदहरूले कोरोना संक्रमण नभएको रिपोर्ट देखाउनुपर्ने नियम बनाएको छ। राष्ट्रियसभाको बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिमा रिपोर्ट अनिवार्य गर्ने राजनीतिक सहमति बनेको हो ।

यस बाहेक दुवै सदनमा साविकको बीचका दुई कुर्सी छाडेर मात्रै सांसदहरूलाई बस्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, यसपटक कुनै पनि सांसदले कुर्सी फेरेर बस्न पाउने छैनन् । पहिलो दिन बसेको कुर्सीमा नै अरु दिन पनि बस्नुपर्ने नियम बनाइएको बताइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि