जेठ ०५, २०८१, शनिबार
               

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताए । 

निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । “बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारीसम्बन्धी ब्रिफिङ पनि सुनेँ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले दुई सिट छाडेर बस्ने भन्ने भएको छ ।” उनले प्रधानमन्त्रीका लागि दुई वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिए । बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि