जेठ ०५, २०८१, शनिबार
               

सचिवालय बैठकअघि ओली-प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

सचिवालय बैठकको तयारी र स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको हो । आजै बुधबार अपराह्न ३ बजे पार्टी सचिवालय बैठक बस्दैछ । सचिवालयले बिहीबार बस्ने स्थायी कमिटीका एजेन्डा तय गर्नेछ ।

आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्ताबेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ ।

नेकपामा पछिल्लो समय केही राजनीतिक मुद्दा, सरकार सञ्चालन, पार्टी भित्रका निर्णय प्रक्रिया लगायतका विषयमा विवाद छ ।

यसअघि ओली र दाहालबीच मङ्गलबार पनि छलफल भेट भएको थियो । मंगलबारको प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेटेका थिए । मङ्गलबार नै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबी पनि भेट भएको थियो ।

यो पनि