नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचारप्रसार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढिरहेका बेला भ्रामक प्रचार हुन थालेको भन्दै श्रेष्ठले पार्टीमा रडाको मच्चाउन को लाग्दैछ भनेर आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरूलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा र भ्रामक समाचारहरू प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ सचेत होऔं । २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौँ । अन्यथा नगरौँ ।’ भनेका छन् ।
उनले झुटा र भ्रामक समाचारहरू प्रचार नगर्न समेत सुझाएका छन् ।