काठमाडौं । सरकारले अझै जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन तयारी गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिम भएको भन्दै सरकारले पुनः लकडाउन लम्ब्याउन तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरसबाट संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाे भन्दै लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।
स्रोतका अनुसार भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म लम्ब्याउने सहमति भएको थियो ।