काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले यही वैशाख २६ गते ४ बजे संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान छ।