जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा बामदेव

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

गत बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई (देशमा कोरोनाको प्रभाव कम भएपछि) प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

यसबारेमा थप छलफल र निर्णय गर्न आज (शनिबार ) अपरान्ह चार बजेपछि नेकपा सचिवालय बैठक बस्दैछ । 

सचिवालय बैठकअघि नेता गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यसअघि नेता गौतमले आफूनिकटका नेता तथा कानुनविदहरुसँग संविधान संशोधनलगायतका विषयमा परामर्श गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि