असोज ०६, २०८१, आइतबार
               

जेठ महिनाको अन्तिममा एसईई परीक्षा गर्न सिफारिस

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित गरिएकाे एसईई परीक्षा पुनः जेठ महिनाको अन्तिममा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको अन्तिम गर्न सिफारिस गरिएको हाे ।

अध्यक्ष प्रा. डा. पौडेल नेतृत्वको कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख गरिएको छ । 

यसका साथै, एसईई र कक्षा १२ को परीक्षा पनि एउटै समय दुई सिफ्टमा गर्न सिफारिस  गरिएको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । गत चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर, कोरोना भाइरसका कारण चैत ५ गते स्थगित गर्ने निर्णय गरिएको थियो ।

अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलले सिफारिस गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि