काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने मजदुरहरूका लागि खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहतको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष दाहालले शुक्रबार सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्कने क्रममा अलपत्र परेका मजदुर र अन्य जनसमुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु पर्नेमा पनि सरकारको कर्तव्य भएको स्मरण गराएका छन् ।