काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीभित्र हस्ताक्षर संकलन सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतका लागि हस्ताक्षर गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैदेखि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर बिहानैदेखि हस्ताक्षर गरेपछि सो समूह पनि हस्ताक्षर संकलनमा जुटेको हो ।
तर, कृष्ण राईले हस्ताक्षर अभियानले ओली बहुमतमा देखाएको जानकारी दिएका छन् ।
अध्यादेश प्रकरणपछि नेकपा विवाद उत्कर्षमा छ । नेकपाले बुधबारै साँझ पाँच बजे सचिवालय बैठक आह्वान गरेको छ ।