काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।
भेटमा संघीय संसदको बजेट अधिवेशन बोलाउनेबारे छलफल भएको बताइएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री र सभामुखबीच विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको थियो ।