मंसिर ०७, २०८१, शुक्रबार
               

बाबुरामका विचार र भाषालाई लिएर रेडियो नेपालले निकाल्यो विज्ञप्ति

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । रेडियो नेपालले डा.नवराज लम्सालद्वारा सञ्चालित लाइभ प्रशारण अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राखेको विचार र भाषालाई लिएर विज्ञप्ति निकालिएको छ । 

लम्सालद्वारा सञ्चालित सो कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुरामले प्रयोग गरेका विचार र भाषा प्रधानमन्त्रीप्रति लक्षित भएकाले विज्ञप्ति निकाल्नुपरेको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

कार्कीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ, ‘भट्टराईले प्रयोग गरेका भाषा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित भएको र सो भाषा र विचारका कारण रेडियो नेपाललाई दुखी तुल्याएको छ ।’

सोमबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइ रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले लाइभ प्रशारण अन्तरसंवाद कार्यक्रम सञ्चालन गरेका थिए । 

साथै, रेडियो नेपालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचार पनि हटाएको छ ।

सोमबार बिहान ६ः३० मा रेडियो नेपालले पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा बाबुराम भट्टराईसँग लाइभ प्रशारण अन्तरसंवाद गरेको भएको थियो । 
 

यो पनि