बैशाख २७, २०८१, बिहीबार
               

सरकार ढाल्ने बैठक गरेको होइन : पूर्वमन्त्री थापा

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापाले आफूले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न कुनै बैठक नगरेको जनाएका छन् ।

राप्रपा नेतासमेत रहेका थापाले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वमाओवादी र नेपाली कांग्रेसका नेताहरूसँग आफ्नो निवासमा सरकार ढाल्ने बैठक नगरेको स्पष्ट पारेका हुन् ।

पछिल्लो दिनमा केही मिडियाहरूमा आफू सरकार ढाल्ने खेलमा लागेको भन्ने समाचार आएको भन्दै थापाले त्यसलाई झुठ र प्रायोजित भनेका छन् ।

पूर्वमन्त्री थापाले नेपाल फ्ल्याससँग कुरा गर्दै जनताको सही सूचना पाउने हक र प्रजातान्त्रिक अधिकारमाथि खेलवाड नगर्नेसमेत अनुरोध गरे । संयुक्त राष्ट्रसंघमा लामो समय रहेर विभिन्न देशमा विपद् आउँदा रचनात्मक भूमिका खेलेको अनुभव बोकेका थापाले कोरोना महामारीबाट जोगाउन र जोगिन सबै नागरिक एकजुट हुनुपर्ने बेलामा गलत विषयमा ध्यान केन्द्रित गराएर एउटा नागरिकलाई कर्तव्य र दायित्वबाट च्यूत नगराउन आग्रह पनि गरेका छन् । उनले त्यसरी आएका समाचारहरूलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

हेर्नुस् पूर्वमन्त्री थापाको विज्ञप्ति :


कस्तो लाग्यो ?

यो पनि