काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कार्यदल बनाएर छलफलमा जुटेका छन् ।
अध्यादेश प्रकरणपछि चुलिएको असन्तुष्टि, अन्तरविरोध भइरहेका बेला आइतबार बिहान ओली र नेपालबीच छलफलपश्चात ओलीले नेपाललाई आफू मिलेर जान तयार रहेको जसका लागि ठोस प्रस्ताव ल्याउन भनेपछि दुवै पक्ष कार्य दल बनाएरै छलफलमा जुटेका हुन् ।
सो छलफलमा ओली समूहको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदीप ज्ञवाली र नेपाल समूहबाट माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
अहिले कोटेश्वर नेपाल निवासमा ओली र नेपाल समूहबी छलफल चलिरहेको छ । कार्य दलकाे बैठक सकिएपछि ओली र नेताबीच छुट्टै छलफल हुने बताइएको छ ।