काठमाडाैं । नवगठित पार्टीका जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने नेकपाका नेता तथा पूर्व आइजिपीमाथि उजुरी दायरीको तयारी भइरहेको बताएका छन् ।
नवगठित जनता समाजवादी पार्टीका नेता श्रेष्ठले आफ्ना सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै टेकु प्रहरी कार्यालयमा जाहेरी दिने तयारी भएकाे उनले बताए ।
उनले पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागिएको बताए ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए ।
पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले आफूहरुले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइ मेरिट होटलमा राखेका थिए । तर उनी बिहान मर्निङ वाकको बाहनामा त्यहाँबाट भागेका थिए । तर, उनलाई जनकपुरदेखि त्यहाँसम्म ल्याउने महेश बस्नेततलगायतले उनलाई बाबुरामलगायतले अपहरण गरेको बताउँदै आएका छन् ।