काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक पाँच बजेका लागि सारिएको बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकअगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएपछि सो बैठक सारिएको उनले जानकारी दिए ।
आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ ।
शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाब दिएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन सोमबारबाट सकिँदै छ ।
आइतबार बस्ने बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने बताइएको छ ।