मंसिर ०७, २०८१, शुक्रबार
               

उच्चस्तरीय समिति बैठकमा लकडाउन मोडल परिवर्तन गर्नेबारे छलफल

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको मोडल परिवर्तन गर्नेबारे छलफल भएको छ । 

शनिबार सिहंदरबारमा बसेको समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोहीअनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल गरेको छ । 

 त्यसमध्ये अधिकांश सदस्यले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका छन् । 
लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्ताव छलफलमा गरिएको छ । 

समितिका सदस्य समेत रहेका एक मन्त्रीले भने, ‘सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको बताए । तर, उनले त्यसको नजिता अन्तिम निर्णय भोलि बस्ने मन्त्रिपरिषदले दिने बताए । 

चैत ११ गतेबाट मुलुकभर लकडाउन घोषणा भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ । त्यसअघि  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर छलफल गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि