जेठ ०४, २०८१, शुक्रबार
               

अध्यादेश फिर्तापछि बालुवाटारमा ओली, प्रचण्ड र देउवाबिच छलफल

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा काँग्रेसका सभापति देउवासँग ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् ।

खारेज लगतै ओली र देउवाबिच सुरु भएको छलफलमा अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘नेताहरूबिच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको छ’ थापाले भने ।
 


कस्तो लाग्यो ?

यो पनि