जेठ ०४, २०८१, शुक्रबार
               

राप्रपा अध्यक्षत्रयको बैठक सम्पन्न

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको बैठक बसेको छ ।

लकडाउनको आचारसंहिता पालना गर्दै अध्यक्ष कमल थापाको बूनिलकण्ठस्थित पासिकोटमा रहेको निवासमा बैठक बसेको हो ।

कोरोना भाइरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बैठकमा विचार विमर्श भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अध्यक्षत्रय थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले आ-आफ्नो धारणा राख्दै कोरोना महामारीका बाबजुद आगामी दिनमा कसरी पार्टी गतिविधि अगाडि बढाउने  भन्ने विषयमा गम्भिरतापुर्वक छलफल गरेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि