जेठ ०४, २०८१, शुक्रबार
               

केही स्थानीय तह आफ्ना नागरिकको उद्धार गर्दै त केही तथ्यांक संकलन गर्दै

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडाैं ।लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन निर्वाह गर्न बाध्य आफ्ना नागरिकको उद्धारमा स्थानीय तह जुटेका छन् । 

संघीय सरकारले जो जहाँ छ, त्यही रहनु  भने पनि स्थानीय गहले आफ्ना नागरिकलाई उद्धार गरी गाउँ फर्काउन थालेका छन् । 

जसका कारण सहरबाट गाउँ जानका लागि मुख्य नाका मानिने कोटेश्वरलगायत अन्य स्थानमा रातिराति मानिसको भीड लाग्ने गरेको छ ।

केही दिनअघि स्थानीय सरकारले आफ्ना नागरिक फिर्ता लैजाँदै गर्दा प्रहरीले  संघीय सरकारको आदेशअनुसार रोक्न खोज्दा जनप्रतिनिधि र प्रहरीबीच विवाद पनि भएको थियो ।

दोलखाका केही  स्थानीय तहले आफ्ना नागरिकलाई गाउँ फिर्ता लैजान थालेपछि अन्य स्थानीय तहले पनि आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । 

यस्तै, खोटाङका केही स्थानीय तहले पनि आफ्ना नगरिक उपत्यकाबाट  उद्धार गरेका छन् भने केहीले फिर्ता लैजाने तयारी गरिरहेका छन् ।

त्यस्तै सोलुखुम्बुका स्थानीय तहले पनि उपत्यकाबाट गाउँपालिकाभित्र बस्नेलाई फिर्ताका लागि लागत संकलन गरिरहेका छन् भने केहीले आजबाट फिर्ता लैजान सुरु गर्ने बुझिएको छ । 

लकडाउनका कारण जीवनशैली नै कष्टकर भएपछि आममानिस पैदल यात्रा गर्न थालेपछि सरकारकाे चाैतर्फी  विरोध र आलोचना भएपछि स्थानीय तहले आफ्ना नागरिक  फिर्ता लग्ने नीति लिएअनुरु स्थानीय तहले आफ्ना नागरिक फिर्ता लैजान थालेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि