जेठ ०४, २०८१, शुक्रबार
               

संविधानको धारा ११४ (२) खको प्रावधानअनुरुप अध्यादेश फिर्ता हुने

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । सोमबार ल्याइएका अध्यादेश प्रधानमन्त्रीले एक हप्ता नबित्दै फिर्ता लिने भएका छन् । 

उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताको दबाब र अन्य पार्टी तथा नेता कार्यकर्ताको चौतर्फी विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराइ उत्तिखेरै राष्ट्रपतिबाट प्रमाणीकरण भएका दुई अध्यादेश फिर्ता लिने भएका हुन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अध्यादेशबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । 

संविधानको धारा ११४(२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधानअनुरुप सो अध्यादेश फिर्ता  हुने बताइएको छ । 

यो पनि