काठमाडाैं । प्रधानमन्त्री निवासमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमलदाहालबीच भेटवार्ता भएको छ ।
दुई अध्यक्षबीच भएको भेटमा पछल्लोसमसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
दुई अध्यक्षबीच एक घन्टाभन्दा बढी समय छलफल भएको जनाइएको छ ।
पछिल्लो समयप्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताइएको छ । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहोको स्रोतले जानकारी दियाे ।
‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले बतायो ।