बैशाख १५, २०८१, शनिबार
               

ओलीजी धेरै सपना देख्नुहुन्छ, तर...

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नव गठित जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपीले देखेको सपना पूरा नभएको बताएका छन् ।

समाजवादी र राजपा पार्टी एकतापछि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका हुुन् ।

उनले संघीय लोकतानित्रक गणतन्त्रलाई रक्षा गर्न पार्टी एकता गरेको बताए । 

उनले भने 'ओलीजी धेरै सपना देख्नुहुन्छ तर, उहाँको सपनाको कुनै अर्थ छैन ।'

जनता समाजवादीका पार्टीका अर्का नेता राजेन्द्र श्रेष्ठले लकडाउनका बेला अध्यादेश ल्याएर राजनीतिमा नेकपाका नेता केपी ओलीले अपराधीकरण र भ्रष्टिकरण निम्त्याएको प्रतिक्रिया दिए ।


कस्तो लाग्यो ?

यो पनि