बैशाख १७, २०८१, सोमबार
               

पार्टी एकतापछि बोले राजेन्द्र महतो

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले एकताको बाँकी प्रक्रिया लकडाउन सकिएपछि पूरा गर्ने बताएका छन् ।

बिहीबार दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी प्रक्रिया लकडाउनपछि पछि गर्ने बताएका हुन् । 

उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरुको पद बाँडफाँट गरिएको छैन । 

एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि