जेठ ०४, २०८१, शुक्रबार
               

समाजवादी पार्टी फुटाउने ७ जना सांसदको निर्णय

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकता गरेको केही बेरमै उपेन्द्र यादव र डा. बाबुरम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल फुटेको छ ।समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन् ।

यादवसहित सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरीया, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङ समाजवादी पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउने निर्णय गरेको स्रोतले बताए। अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्।

समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले बिहीबारनै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका हुन् । पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं आएको बताइएको छ ।

यादव आउन ढिला भएका कारण बुधबार विज्ञप्ति निकाल्न ढिलाई भएको बताइएको छ । उनी आएर पार्टी विभाजनमा हस्ताक्षर गरेपछि बिहीबार नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।

तर बुधबार राति नै समाजवादी पार्टी र राजपाबीच एकता भएका कारण विभाजन त्यति सहज नहुन सक्छ । संघीय समाजवादीको संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न लागेपछि त्यसलाई रोक्न हतारमा गएराति नै एकता गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि