जेठ ०१, २०८१, मंगलबार
               

समाजवादी र राजपाबीच पार्टी एकता

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ  । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

जनता समाजवादी पार्टी, नेपालकाे झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ । पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

बुधबार मध्यरातमा भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका हुन् । 

राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि