जेठ ०१, २०८१, मंगलबार
               

मधेसवादी दल : कोही जुट्ने र कोही फुट्ने कसरतमा

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टीले सम्भावित विभाजनलाई रोक्न राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा छलफल भएको छ ।

त्यसका लागि दुवै पार्टीका शीर्ष नेताहरू अहिले  छलफलमा जुटेका छन् । साथै अहिले पनि राजपाको बैठक जारी छ । ''अध्यक्षज्युहरूको बैठक बसिरहेको छ । एकताबारे निर्णय हुन सक्छ ।'' राजपा नेता मनिष सुमनले भने । 

यता रेणु यादव नेतृत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका समाजवादी पार्टी स्रोतले जनाएको छ । पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । फुटाउने हस्ताक्षर गर्ने सांसदमा यादव, विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राई, रुही नाज, कुलदेवी विश्वकर्मालगायत रहेको बताइएको छ । उनीहरूको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी भइरहेको छ । समाजवादीसँग अहिले १७ जना सांसद छन् । 


कस्तो लाग्यो ?

यो पनि