जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री केपी ओली र साइप्रसका राष्ट्रपतिबीच टेलीफोन वार्ता

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ । 

टेलीफोन बार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग साइप्रसमा रहेका  नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् ।

प्रधानमन्त्री कार्यालयले बुधबार दिउँसो प्रधानमन्त्री ओली र साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेसबीच टेलिफोन संवाद भएको जानकारी दिएको छ । 

प्रधानमन्त्री कार्यालयले भन्यो, ‘प्रधानमन्त्री सो संवादमा नेपाली विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरुको बारेमा चासो राख्नुभएको छ ।’

प्रधानमन्त्री कार्यालयले साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरविचार भइरेको र कुनै अप्ठेरो पर्न नदिने आश्वस्त पारेको जनाएको छ । 

प्रधामनन्त्री ओलीले पनि साइप्रस राष्ट्रपतिसँग आफ्नाे टेलिफोन वार्ता भएकाे  र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको भनी ट्विट गरेका छन् । 

उनको ट्विटमा भनिएको छ, ‘ आज दिउँसो साइप्रसका महामहिम राष्ट्रपतिसँग मेरो टेलिफोन संवाद भयो । त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेसामा संलग्न नेपालीहरुको बारेमा मैले आफ्नो चासो राखेँ । उहाँले नेपालीहरुको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो ।’
 

यो पनि