जेठ ०४, २०८१, शुक्रबार
               

ओली–प्रचण्ड र सांसदहरुबीच छलफल, भारतीय सीमा तत्काल नखुल्ने

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

आज पार्टी स्थापना दिवसका अवसरमा दुई अध्यक्षले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रदेशगत रुपमा छलफल थालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसदहरु सहभागी भएका थिए ।

आज (बुधबार) र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसदहरुसँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ । 

ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो । 

अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा वक्तव्य जारी गरी पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आव्हान गरेका थिए ।

सीमा तत्काल नखुल्ने

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने बताएका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशका सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको अवधारणा परिवर्तन हुनसक्ने बताए । संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत प्रधानमन्त्रीले गरेको छलफलमा सहभागी एक सांसदले बताए ।

यो पनि