जेठ ०४, २०८१, शुक्रबार
               

अध्यादेश मानवताविरुद्धको अक्षम्य अपराध : राजपा

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

राष्ट्रिय जनता पार्टी राजपाले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै पार्टी फुटाउन सजिलो हुने गरी कानुन ल्याउने प्रक्रिया सुरु गरेपछि नेता राजेन्द्र महतोले यस्तो आरोप लगाएका हुन् ।

विद्यमान कानुनी व्यवस्थामा पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन चाहिन्छ । सरकारले सोमबार अध्यादेश जारी गर्ने तयारी गरेको कानुनमा संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए मात्रै दल फुटाएर नयाँ दल दर्ता गर्न पाइनेछ । यसको असर  सबै राजनीतिक दलमा पर्ने र बहुदलीय प्रजातन्त्र धरापमा पर्ने महतोको तर्क  छ । ‘अरूका लागि खाल्डो खन्ने प्रधानमन्त्री केपी ओली आफू पनि सोही खाल्डोमा फस्नेछन्,’ उनले नेपाल फ्ल्यास डटकमसँग भने ।

महतोले राजपा नेपाल अहिले राजनीतिक विषयवस्तुभन्दा अहिलेको सङ्कटको घडीबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रित रहेको बताए । ‘राजपा नेपाल फुटेर एका पक्ष सरकारमा जाने  भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा महतोले  हल्ला साकार पार्न नदिने बताए । 
‘राजपा फुटाउन बाहिर शक्ति र सरकार लागिपरेको छ, यसमा हाम्रै पार्टीका केही नेताहरूसमेत सत्ताको लालचमा छन्, तर, राजपा विभाजन पनि हुँदैन सरकारमा पनि जाँदैन ।’

मुलुक सङ्कटमा रहेको अवस्थामा अध्यादेश कदम प्रधानमन्त्री ओलीको मानवताविरुद्धको अक्षम्य अपराध भएको पनि महतोले टिप्पणी गरे । ‘अहिले विश्वभर मानवहरू सङ्कटमा छन्, यस्तो अवस्थामा सत्ता बलियो बनाउने र सत्ता ढाल्दै मनमौजी गर्नको लागी यो अध्यादेश ल्याइएको छ, जनता खान नपाएर सडकमा ढलिरहेका छन्, ओली सरकार तमासा हेर्दै सत्ताको खेलो फड्कोमा छ,’ महतोले भने ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने  निर्णय गरेपछि नेपाली राजनीतिमा तर‌ंग छाएको छ ।  कोरोना महामारीको समयमा सरकारको यो कमदलाई धेरैले बेमौसमी बाजाको संज्ञा दिएका छन् ।


 


कस्तो लाग्यो ?

यो पनि