जेठ ०४, २०८१, शुक्रबार
               

स्वदेश तथा विदेशमा विभिन्न कारणले अलपत्र परेकाकाे उद्धार गर्न माग

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौँ किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पुर्‍याउन र विभिन्न कारणले विदेशमा अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । 

राप्रपा अध्यक्षत्रयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् । 

‘विदेशमा जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई सरकारले उद्धार गर्नुपर्छ,’ अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीद्वारा जारी गरिएको सो विज्ञप्तिमा भिनएको छ, ‘नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याइयोस् ।’ 

त्यसैगरी, अध्यक्षत्रयले विज्ञप्तिमार्फत् विभिन्न देशमा रहेका नेपालीको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिई कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन् । 

राप्रपाले विज्ञप्तिमार्फत कोरोना भाइरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीमा नकारात्मक प्रभाव भन्दै त्यसको प्रभाव न्यूनीकरण अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबद्र्धन कार्यक्रम तयार गर्न पनि सरकारसँगग माग गरिएको छ । 

उक्त विज्ञप्तिमार्फत राप्रपाले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्तबाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न पनि सरकारलाई सुझाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज सरकारले ल्याउनुपर्छ ।’

यो पनि