जेठ ०४, २०८१, शुक्रबार
               

केही नाका खुला राखी बाँकी नाका बन्दबारे बहस गर्न सुझाव

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आरडीटीले दिएको रिपोर्टले भ्रम र त्रास उत्पन्न गरेको भन्दै सो परीक्षण रोक्न माग गरेको छ । 

सो पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो । 

उक्त पार्टीले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलले आपूर्ति गरेको आरडीटीलाई विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता नदिएकाले सरकारले त्यसलाई प्रयोग गर्न बन्द गरी विश्व स्वास्थ्य संठनको मापदण्डअनुसार पीसीआरलगायत विधिबाट परीक्षणलाई व्यापक बनाउन पनि माग गरेको छ । 

महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसजन्य प्रकोपको रोकथामका लागि खुला सिमाना नियन्त्रण गर्नुपर्ने माग अएको भन्दैे निश्चित नाका खुला राखेर बाँकी सिमानामा तारबार लगाई सधैँका लागि बन्द गर्न बहस सुरु गर्नुपर्ने पनि उल्लेख छ । 

साथै विज्ञप्तिमार्फत सो पार्टीले उपयुक्त कार्यक्रम तथा योजनाका आधारमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणका लागि सशक्त आवाज उठाउन पनि माग गरेको छ ।

उक्त पार्टीले लकडाउन गर्नु पर्ने स्थिति अनिश्चित भएका कारण सरकारले उपत्यका तथा बाहिर विभिन्न प्रदेशहरुमा अड्किएका नेपाली जनतालाई आआफ्ना घरमा जानका लागि आर्थिक तथा यातायातका साधनको व्यवस्था मिलाउन माग पनि माग गरेको छ । 

वैद्य नेतृत्व क्रान्तिकारी पार्टीले कोरोना सङ्क्रमणको रोकथामको अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई यथेष्ट पीपीईको व्यवस्था गर्न पनि माग गरेको छ । 

त्यस्तै सो पार्टीले सरकारले खटाएको ठाउँमा जान अनिवार्य गर्नुपर्ने भन्दै सरकारले उनीहरुको जीवन बीमा र उचित सुविधाको ग्यारेन्टी गर्दा पनि काममा नजाने डक्टर, नर्स, एम्बुलेन्स ड्राइभर लगायतलाई उपयुक्त कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमार्फत सो पार्टीले कोरोना नियन्त्रणका सामग्री सबै जीटुजी व्यवस्थाबाट सरकारले आयातको बन्दोबस्त गर्न सरकारलई सुझाव महामारीलाई प्रयोग गरी भ्रष्टाचार गर्नेमाथि कडा कारबाहीको माग गरेको छ । 

‘कोरोना नियन्त्रणको अग्रमोर्चामा खटेका सबैखाले कर्मचारीबाहेक अरू सबैको तलब, पेन्सन आदिको निश्चित हिस्सा कोरोना नियन्त्रणमा लगाउनु पर्दछ,’ सो पार्टीकोविज्ञप्तीमा भनिएको छ ।

यो पनि