जेठ ०४, २०८१, शुक्रबार
               

डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न माग

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न माग गर्दै प्रदेश २ सरकारले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

डीआईजी, सीडीओ र एसपीको सरुवा गर्दा प्रदेश सरकारको सहमतिमा गर्नुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको हो ।

प्रदेश २ मा कार्यरत तीन डिआईजी, केही सीडीओ र एसपीको सरुवाको तयारी गरिरहेको गृह मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला सुरक्षा निकायका प्रमुखहरुलाई नचलाउन भन्दै प्रदेश २ सरकाले शुक्रबार गृहमन्त्रालयलाई चिठी लेखेको हो । 

प्रदेश २ सरकारले गृहमन्त्रालयलाई लेखेको उक्त पत्रमा ‘कोभिड १९ विरुद्धको लडाइँका लागि प्रदेशमा सञ्चालन तथा व्यवस्थापन भइरहेको प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा सुरक्षा निकायको व्यापक सहयोग र सहकार्य रहेकाले गृह मन्त्रालय तथा अन्तर्गतका निकायबाट डीआईजी, सीडीओ र एसपीलाई प्रदेश वा अन्तर्गतको जिल्लामा सरुवा, पदस्थापन, काज वा खटनपटन गर्दा सहमति लिन उल्लेख छ ।  

उक्त पत्रको बोधाद्र्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई उल्लेख गरिएको छ । 


 

यो पनि