जेठ ०४, २०८१, शुक्रबार
               

हिँडेर घर जान नदिन प्रधानमन्त्रीकाे निर्देशन

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

 काठमाडाैं । प्रधानमन्त्रीले हिँडेर गाउँ जानेहरुलाई नजान निर्देशन दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न दिँदै पैदल हिँडेर घर जानेहरुलाई तत्काल घर जान नदिकन निर्देशन दिएका छन् । 'कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गरिदिनु, उनले भने । 

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भए पनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाइ छलफल गरेका प्रधानमन्त्रीले यस्ताे निर्देशन दिएका छन् । 

बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेस गरेको थियो ।

‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू,’ उनले भने । 

यसका लागि उनले  स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले परीक्षणलाई गति दिन पनि निर्देशन दिएको एक मन्त्रीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट ७ हजार ६८८ र र्‍यापिड डायग्नोस्टिक विधिबाट १६ हजार ५६५ परीक्षण भएको छ । आगामी एक साताभित्र यसलाई एक लाख पुर्‍याउन उच्चस्तरीय समितिमा छलफल भएको एक मन्त्रीले बताए । 


कस्तो लाग्यो ?

यो पनि