जेठ ०४, २०८१, शुक्रबार
               

जनप्रतिनिधिबीच कुटाकुट हुँदा हात भाचिएपछि उपचार हुँदै

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्यांजाका जनप्रतिनिधिबीच कुटाकुट बाहिरिएको छ । 

कुटाकुट हुँदा वालिङ नगरपालिक १० का वडाध्यक्ष अनन्तराज गैरेको बायाँ हात भाचिएपछि पोखराकै फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट हुँदा सो घटना भएको बताइएको छ । 

उनलाई बिहीबार बिहान नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेको बताइएको छ । 

तर, जिल्ला समन्वय उप–प्रमुख दिलीपकुमार बगालेले कुटाकुट घटनामा आफ्नो संलग्न नरहेको बताउँदै आएका छन् । तर, उनले सामान्य भनाभन स्वीकार्दै आफूसँगै रहेका केही साथीहरुले घटना घटाएको हुनसक्ने उनले बताए ।

तर, घटना घट्नुको मुख्य कारण के थियो भन्ने चाहिँ खुलेको छैन । मुलुक कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बेला जनप्रतिनिधि नै झैँझगडा गरेको यो घटनालाई निकै चासोका साथ हेरिएको छ । 

यो पनि