जेठ ०४, २०८१, शुक्रबार
               

भूमिहीनप्रति जिम्मेवार हुनेछु : अध्यक्ष ज्ञवाली

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडाैँ । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए ।

आज संक्षिप्त कुरा गर्दै उनले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताएका हुन् । 'भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु ,'  उनले भने  ।

संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान प्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चिन नरहने बताए ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका ज्ञवाली झिनो मतअन्तरले तत्कालीन नेकपा (माओवादी) की रेनु दाहालसँग पराजित भएका थिए । ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ ।

 

यो पनि