बैशाख २०, २०८१, बिहीबार
               

नेकपाद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौं । पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भट्टराईको गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा उपचार भइरहेको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीले जनाएको छ । सो पार्टीका कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी भट्टराई अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) कक्षमा उपचाररत रहेको र उनलाई भेटघाट नगर्न/नगराउन चिकित्सकको सुझाव छ ।


कस्तो लाग्यो ?

यो पनि