जेठ ०४, २०८१, शुक्रबार
               

सेनाले भन्यो- मुलुकलाई समस्या पर्दा सेनाले नागरिकलाई सहयाेग गर्नुपर्छ

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसविरुद्ध चाहिने उपकरण तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयप्रति वहस भइरहँदा नेपाली सेनाले मुलुकलाई अप्ठेरो पर्दा सेनाले नागरिकलाई सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भिडियो कन्फरेन्समार्फत आइतबार नेपाली सेनाको धारणा सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षाको बृहत घेराभित्र नागरिकहरूको सुरक्षा पनि पर्ने उल्लेख गर्दै मुकुल समस्यामा परेको बेला सेनाले नागरिकलाई सहयोग गर्नुपर्ने बताए ।

सरकारको पछिल्लो निर्णयपछि नेपाली सेनाविरुद्ध भइरहेको आलोचनालाई नजिकबाट अवलोकन गरिरहेको पनि उनले बताए ।

प्रवक्ता पाण्डेले नेपाली सेना संविधानबमोजिम चल्ने तथा मुलुकको संविधान र कानुनु पालना गर्ने बताए । उनले सेना पनि सरकारको एक प्रमुख अंग भएको जनाउँदै भने- 'सरकारको निर्देशनहरु पालना गर्न सेना तयार छ ।'

 


कस्तो लाग्यो ?

यो पनि