जेठ ०८, २०८१, मंगलबार
               

मन्त्रालय र राष्ट्र बैंकले पनि सवारीसाधन पास वितरण गर्ने

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि अत्यावश्यक सेवाका सवारी साधनको पास जारी हुने भएको छ । 

सरकारले लकडाउनको समय बढाएसँगै सवारी साधन पास वितरण गर्ने ठाउँमा भीडभाड हुने भन्दै सरकारले मन्त्रालय र राष्ट्र बैंकलाई पनि पास वितरण गर्ने अधिकार दिएको हो । 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले दैनिक उपभोग्य सामानको ओसारपसार, ढुवानी तथा बिक्रीका लागि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग, बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकबाट, राष्ट्रसेवक कर्मचारीलाई संघीय मामिला तथा सामानन्य प्रशासन मन्त्रालय र त्यसबाहेकको हकमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी हुने गरी व्यवस्था गरिएको जानकारी दिए । 

सवारी साधनको  पास लिनेको चापलाई क मगर्न पनि नयाँ व्यवस्था गरिएको उनले बताए । 

‘पछिल्लो लकडाउनमा मात्रै दुई हजारभन्दा बढी पास काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएकाले  सवारी पास लिनेको चापलाई कम गर्न नयाँ व्यवस्था गरिएको हो,’ उनले बताए । 
 

यो पनि