जेठ ०४, २०८१, शुक्रबार
               

असहज भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतको भनाई छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको अस्पतल स्राेतले जनाएको छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि