जेठ ०४, २०८१, शुक्रबार
               

नाकाबन्दी स्वागतयोग्य -राजपा

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ । 

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरू बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो । सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

भोली पर्न सक्ने संकटका लागि सजग हुनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सीमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णयको स्वागतयोग्य रहेको बताए । संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि अग्रह गरेका छन् । कोभिड—१९ को जोखिम बढ्दै गएको बेला भ्रामक र तथ्यहीन हल्लाहररू बढेको उल्लेख गर्दै उनले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गरे ।

भिडभाड हुने ठाउँमा नजाने, अनावश्यक रुपमा नगइ आफ्नै घरमा सुरक्षित बस्न सरकारले दिएको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि