जेठ ०४, २०८१, शुक्रबार
               

आजबाट सबै नाका बन्द

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडौं । आजदेखि भारत र चीनसँगको सबै नाका बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको हाे ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सीमा नाका बन्द गराइएको हो । बैठकको निर्णय अनुसार सोमबार बिहान १० बजेदेखि भारत र चीनको कुनैपनि नाकाबाट यात्रु आवागमन गर्न पाइने छैन ।

यो क्रम एक सातासम्म जारी रहनेछ । यसैबीच सीमा वारपारको ढुवानी भने नियमित हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खटिवडाले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि