जेठ ०४, २०८१, शुक्रबार
               

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री–राष्ट्रपतिबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

साथै, थापाले राष्ट्रप्रमुखलाई देशको समसामयिक अवस्थाबारे जानकारी गराउने नियमित प्रक्रियाअनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको बताए ।  

आइतबार मन्त्रिपरिषद् बैठकसमेत बोलाएका प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो । 

करिब दुई घन्टा लामो भेटमा देशको पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको पछिल्लो विवादबारे चर्चा चलेको बताइएको छ । 
भेटमा राष्ट्रपतिले नेकपा नेताहरुलाई आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाब दिएकी छन् ।

यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पनि भेटवार्ता भएको थियो । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलोपटक भेट गरेका हुन् । 

यो पनि